काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ५८.६३ अंकले बढेको छ । कारोबार रकम भने घटेको छ । नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर २,६८२.२५ विन्दुमा बन्द भएको छ ।
पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज २३८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४ कम्पनीको सेयरमूल्य घटेको छ ।
सप्तकोसी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।