काठमाडाैँ । स्थानिय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढ्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिनहरु सुनको कारोबार प्रतितोला २ लाख १७ हजार ८ सयमा भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६८० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारणमध्ये एक विश्वबजारमै सुनको मूल्य बढ्नु हो । विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दा,जस्तै अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, वा मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ आकर्षित गर्छन् । सुनलाई ‘सेफ हेवन’ ९सुरक्षित आश्रय० मानिने भएकाले यस्ता घटनामा यसको मूल्य आकस्मिक रूपमा बढ्छ ।