काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
यसअघि असोज २ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो । १ गते सार्वजनिक बिदा परेकाले असोज ५ गतेसम्मका लागि म्याद थप भएको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपियाँबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५ सय ६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको छ । उक्त कम्पनीको शेयर शेयर १ लाख १९ हजार ६४ जनाले १०–१० कित्ताका दरले पाउनेछन् ।