हमासले सार्वजनिक गर्‍यो विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’

काठमाडौं– प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेको विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै शनिबार सार्वजनिक गरेको छ ।

दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम राखिएको छ ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो ।

विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार