शेयर बजार आगामी साता पाँचै दिन बन्द रहने

काठमाडौं । जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिका कारण शेयर बजार आगामी साता पनि बन्द हुने भएको छ ।जेनजीले आन्दोलन शुरु गरेको दिन सोमबार बजार खुले पनि त्यस पछिको ४ दिन अर्थात आज शुक्रबारसम्म पनि बजार बन्द रहेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का प्रवक्ता मुराहरि पराजुलीले आज पुन सूचना प्रकाशित गर्दै यही भदौ २९ गतेदेखि कात्तिक २ गते बिहीबारसम्म शेयर कारोबार बन्द रहने उल्लेख गरेका छन् । नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट स्वीकृति प्राप्त भए अनुसार आगामी साता शेयर कारोबार बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

शेयर बजार साताको आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुन्छ । असोज ३ गते संबिधान दिवसको बिदा छ भने अब असोज ५ गतेबाट मात्र शेयर बजार सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार