काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्युको समय थपियो

भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपियाे

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थपेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपिएको सेनाले जनाएको छ ।

ूपछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट व्यवस्था गरिएको छ’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अत्यावश्यक कार्यका लागि भदौ २७ गतेको बिहान ६ देखि ११ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार