प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार