ललितपुर ग्वार्कोको अवस्था अहिले तनाबमय ! प्रदर्शनकारीहरूले प्रहरी बिटमा गरे आगजनी

ललितपुर – ललितपुरकाे ग्वार्कोमा प्रहरी बिटमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

जेन– जीको आन्दोलन चर्किँदै गर्दा आक्रोशित प्रदर्शनकारीहरूले आज बिहान ललितपुरको ग्वार्कोमा प्रहरी बिटमा आजगनी गरेका हुन् ।

प्रदर्शनकारीहरूले प्रदर्शन गर्ने क्रम जारी छ भने ललितपुरको ग्वार्कोको अवस्था अहिले तनाबमय बन्दै गइरहरको छ।

यस्तैमा ललितपुरकाे हरिसिद्धि प्रहरी चाैकीमा प्रदर्शनकारीहरूले आगजनी गरेको खबर आएको छ ।

केहि बेर अघिदेखि प्रहरी प्रभाग हरिसिद्दिमा साेमवारकाे प्रदर्शनलाइ समर्थन गर्ने पक्षले आगाेलगाएकाे बुझिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार