काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार उच्च अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.१५ अंकले घटेको हो । १.२२ प्रतिशतले बजार घट्दा नेप्से २६७५.०९ अंकमा ओर्लिएको छ ।
बजार घटेसँगै सबै समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सबैभन्दा बढी २.३१ प्रतिशतले घटेको छ ।
आज ३२० कम्पनीका १ करोड १७ लाख १४ हजार ५ सय ४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६ सय ९८.२४ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज पनि हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने बाराही हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ५.२८ प्रतिशतले घाटा व्यहोरेका छन् ।