झापा इनर्जीको आईपीओमा ३१ गुणा बढी आवेदन

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आइपीओमा ३१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १२ लाख ९९ हजार ७५६ जनाले आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा १ अर्ब ४७ करोड ५ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ४७ लाख ५ हजार ७८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ३१.०६ गुणा बढी आवेदन हो ।

झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार