काठमाडौं । कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बसेको बैठकले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन् ।