काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (भदौ २२) ११.५२ अंकले घटेको छ । नेप्से परिसूचक ०.४२ प्रतिशतले घटेर २७०८.२७ विन्दुमा बन्द भएको हो ।
यस दिन चार अर्ब ४० करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो । गएको बिहीबार (भदौ १९) पाँच अर्ब १४ करोड ४३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक मूल्यको सेयर किनबेच भयो । यो कम्पनीको २९ करोड ९९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
७९ कम्पनीको सेयर मूल्य बढ्यो । १७३ कम्पनीको सेयर मूल्य घट्यो । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो ।
कारोबारमा आएका १३ मध्ये फाइनान्स, म्युचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ ।