एशियन लाइफको सवा ३ लाख कित्ता अवतरित हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज (भदौ २२ गते) देखि साढे ३ लाखभन्दा बढी कित्ता अवितरित शेयरको बिक्री खुलाउँदैछ । कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना शेयरधनीमा १ करोड ३९ लाख २० हजार ८०० कित्ता बाँडफाँट भइसकेको छ । बाँडफाँटमा नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउन लागेको हो । जसमा संस्थापकतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारणतर्फ ३ लाख २८ हजार ४७३।९१ कित्ता रहेको छ ।

यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले किन्न पाउनेछन् । इच्छुक खरिदकर्ताले प्रतिकित्ता के कति रेटमा लिने हो त्यसको विवरण खुलाई भदौ २९ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ । संस्थापकतर्फ कम्पनीमा १ हजार कित्ता र सर्वसाधारणतर्फ १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद लाग्नेछैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार