एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं– एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ । संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा रहेको हो । उक्त सेयरमा जोकोही व्यक्ति, संस्था तथा सर्वसाधारणले समेत आवेदन दिन पाउने छन् ।

यस अघि ३५ दिने सूचना सार्वजनिक गर्दै बैंकले संस्थापक सेयरधनीलाई सेयर खरिद गर्नेका लागि आह्वान गरेको थियो । उक्त समयमा सेयर खरिद गर्नेका लागि आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । उक्त सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार