काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ९आईजीपी० चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । २०५२ साल कार्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका खापुङ प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिपछि आगामी कार्तिक २६ गते अवकाशमा जाने छन् ।