प्रभु केबलकारको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थापक शेयरधनी पुरुषोत्तम श्रेष्ठको नाममा रहेको १० हजार कित्ता शेयर बिक्री राखिएको हो।

अहिले उक्त शेयर संस्थापक शेयरधनीलाई मात्र आवेदन दिन सकिने छ। संस्थापक शेयरधनीले ३५ दिन भित्र आवेदन परेको खण्डमा सर्वसाधारणका लागि समेत बिक्रीमा ल्याइने कम्पनीले जानकारी दिएको छ।

शेयर किन्नेले कम्पनीको कार्यालय काठमाडौं, तीनकुनेमा आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार