जुवा अड्डाबाट ११ जना पक्राउ, ३ लाख ५९ हजार रुपैयाँ नगद र ५८ बुक तास बरामत

काठमाडौं – महानगरपालिका- १७, नयाँ बजार नर्सरी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका- ८ का ४२ वर्षीय रूपचन्द्र श्रेष्ठलगायत ११ जनालाई हिजो बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रूपैयाँ र ५८ बुक तास सहित पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार