दश अर्बको विकास ऋणपत्र जारी हुँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपियाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र–२०८५ बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

उक्त बोलपत्र भोलि भदौ ११ गते बोलकबोलमार्फत बिक्री गरी १२ गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।

ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार