काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
यी कम्पनीलाई कालोसूचीमा राख्न विभिन्न निकायबाट सिफारिस गरिएको थियो । जसअनुसार कार्यालयको भदौ ८ गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।
