आज सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार