बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं – बुधबार बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। मध्यान्ह ३ बजेसम्ममा बोलकबोल माध्यमबाट अनलाइन प्रक्रियाबाट आवेदन दिनसक्ने छन्। राष्ट्र बैंकले भदौ २९ गतेसम्मका लागि ३० अर्ब रुपैयाँ लिने भएको छ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्ने सकिने केन्द्रीय बैंकले बताएको छ। बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार