काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १२ सय र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।