टप एण्ड टी–२० खेलपछि नेपालले अस्ट्रेलियामा स्थानीय क्लबसँग अतिरिक्त पाँच खेल खेल्ने

काठमाडौं– आजदेखि सुरु हुन लागेको टप एण्ड टी–२० प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले त्यसपछि त्यहाँका स्थानीय क्लबहरुसँग थप खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार टप एण्ड टी–२० सिरिजपछि नेपालले दुईवटा क्लबसँग थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ।

क्यानले खेल तालिका पनि सार्वजनिक गरेको छ। तालिकाअनुसार २६ र २८ अगष्टमा दुईरदुई र ३० अगष्टमा एक खेल हुनेछ।जसमा चारवटा खेलहरु टी–२० हुनेछन् भने अन्तिम खेल एक दिवसीय हुनेछ। नेपालले २६ अगष्टमा क्रिकेट एसीटी टिमविरुद्ध दुईवटा टी–२० खेल एकैदिन खेल्नेछ।

यस्तै २८ अगष्टमा साउद अस्ट्रेलिया टिमसँग पनि दुई टी–२० खेल्नेछ। ३० अगष्टमा भने साउद अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार