सरकारले भोलि १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने

काठमाडौं । सरकारले भोलि बिहीबार १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने भएको छ । ८ वर्षे विकास ऋणपत्र–२०९० जारी गर्दै सरकारले उक्त ऋण परिचालन गर्ने भएको हो ।

बुधबार प्राप्त आवेदनहरुमार्फत प्रतिस्पर्धात्मक प्रणालीबाट ऋणपत्रको बोलकबोल हुने र भोलि बिहीबार बिक्री गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कूल निष्काशित १० अर्ब रुपियाँमध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपियाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपियाँ विनाप्रतिस्पर्धा बिक्री गरिनेछ ।

२०८२ साउन २९ गते बिक्री हुने विकास ऋणपत्र आगामी २०९० साउन २९ गते परिपक्क हुनेछ । तर, लगानीकर्ता (ऋणपत्र खरिदकर्ता) ले ब्याज भने अर्धवार्षिक अर्थात् ६/६ महिनामा प्राप्त गर्नेछन् ।

सरकारी ऋणपत्र आवश्यक पर्दा बैंक धितोको रुपमा राख्न सकिन्छ भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वा डीओएमएस प्रणालीमार्फत समेत दोस्रो बजारमा ऋणपत्रको कारोबार गर्न सकिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार