आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– आज मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ १३ सय रुपैयाँले घटेको हो । गत शुक्रबार (साउन २३ गते) १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको सुनको भाउ आइतबार देखि ओरालो लाग्न थालेको हो ।

हिजो १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर २३ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार