घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आम्दानी बढेसँगै घाटा खुम्चिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४४ करोड घाटा व्यहोरेको थियो ।

यो अवधिमा कम्पनीको आम्दानी बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३० करोड ८५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ८३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च २८ करोड ९० लाख रुपैयाँ, ह्रासकट्टी खर्च ६७ करोड ४३ लाख र वित्त खर्च ८९ करोड २० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ३२.३२ प्रतिशतले घटेर १ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार