२.२२ गुणाले बढ्यो ग्लोबल आइएमई लघुवित्तको ईपीएस

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको प्रतिसेयर आम्दानी २।२२ गुणाले बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको प्रतिसेयर आम्दानी ३८।११ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस १७।१६ रुपैयाँमा सीमित थियो ।
संस्थाको खुद खुद ब्याज आम्दानी र नाफामा आएको सुधारका कारण ईपीएसमा उछाल देखिएको हो । संस्थाले समीक्षा अवधिसम्म ७५ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०।३१ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ६३ करोड १४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै संस्थाले २३ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२१।९० प्रतिशत बढी हो । खुद शुल्क तथा कमिशन आम्दानी पनि १९।९५ प्रतिशतले बढ्दै ८ करोड ५२ लाख पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ७५ करोड १४ लाख र सञ्चालन मुनाफा ३३ करोड ७२ लाख रहेको छ ।

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ४८ करोड ८ लाख रुपैयाँबाट बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार