एक बर्षमा सवा १३ अर्बको बिजुली चुहावट तथा चोरी

बढ्यो विद्युत् चुहावट: एक बर्षमा सवा १३ अर्बको बिजुली गायब !

काठमाडौं । वितरण प्रणालीबाट गत आव २०८१–८२ मा १३ अर्ब २६ करोड ३६ हजार रुपियाँ बराबरको बिजुली चुहावट तथा चोरी भएको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो ।

गत आवमा वितरण प्रणालीमा कुल १२ अर्ब ६४ करोड ७८ लाख युनिट विद्युत् प्राप्ती भएको छ । त्यसमा खपत (बिक्री) भने ११ अर्ब २८ करोड ६४ लाख युनिट रहेको छ । त्योअनुसार वितरण प्रणालीबाट एक अर्ब ३६ करोड १४ लाख युनिट विद्युत् चुहावाट भएको देखिन्छ ।

प्राधिकरणको आव ०८०–८१ मा विद्युत् बिक्रीको औषत तर प्रति युनिट ९.७४ रुपियाँ देखिएको छ । त्योसँग तुलना गर्दा गत आवमा १३ अर्ब २६ करोड ३६ लाख रुपियाँ बराबरको विद्युत् चुहावट भएको छ ।

अनुपातका आधारमा गत आवमा विद्युत् चुहावट बढेको पनि देखिन्छ । अघिल्लो आव २०८०–८१ मा वितरण तर्फको विद्युत् चुहावट ९.५९ प्रतिशत थियो । गत आवमा भने १०.७६ प्रतिशत विद्युत् चुहावट रहेको छ । त्योअनुसार गत आवमा १.१७ प्रतिशत विन्दुले विद्युत् चुहावट बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार