सुनको मूल्यमा उच्च वृद्धि, कति पुग्याे आज ताेलामा ?

काठमाण्डौ । आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.९७ प्रतिशत अर्थात ६५.०९ डलरले बढेको छ ।
यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य प्रतिऔंस ३ हजार ३६३ डलरमा कोरोबार भईरहेको छ । अमेरिकी पे रोल डेटा अपेक्षा गरेभन्दा कमजोर देखिएपछि फेडरल रिजर्भले ब्याजदर कटौती गर्नसक्ने सभावना बढेसँगै सुनको मूल्य बढेको हो । यसका साथै अमेरिकाले आफ्ना व्यापारिक साझेदार राष्ट्रहरुमाथि नयाँ ट्यारिफको घोषणाले समेत सुनको मूल्य बढ्नमा सहयोग पुर्याएको विश्लेषकहरुले बताएका छन् ।

जुलाई महिनामा अमोरिकाको श्रमबजारमा रोजगार वृद्धिदर अपेक्षा गरेभन्दा कम देखिएको छ । जसका कारण बजार विश्लेषकहरुले यो वर्षको अन्त्यसम्म फेटले दुईपटकसम्म ब्याजदर बटौती गर्नसक्ने आँकलन गरेका छन् । यस्तै पछिल्लो कारोबारमा चाँदीको भाउ समेत बढेको छ । चाँदी ०.३६ डलरले बढ्दै प्रतिऔंस ३७.०३ डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार