राष्ट्र बैंकद्वारा रु.५० को ८४ लाख थान नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४२ करोड रुपैयाँबराबरको रु.५० दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, प्रिन्टिङ र आपूर्ति र डेलिभरीका लागि बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार आगामी सेप्टेम्बर ८ तारिखसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । यस्तै राष्ट्र बैंकले प्रतिबोलपत्र २० हजार रुपैयाँ अर्थात १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड स्टेर्लिङ शुल्क लाग्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार