काठमाडौँ । बलिवुड फिल्म ुसैयाराु ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म ुसैयाराु घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण गरिएको छ ।
फिल्मले रिलिजको पाँच दिनमा १३३ करोड ७५ लाख कमाई गरेको छ । फिल्मले रिलिजको पाँचौं दिन मंगलबार २५ करोड कमाई गरेर बक्स अफिसमा नरोकिने संकेत गरेको छ ।
यस अघि फिल्मले पहिलो दिन २२ करोड, दोस्रो दिन २६।२५ करोड, तेस्रो दिन ३६।२५ र चौथो दिन २४।२५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् ।
फिल्मको रिभ्यु पनि निकै राम्रो रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले यस फिल्मलाई साढे ४ रेटिंग दिएका छन् । उनले बलिवुडको रोमान्सलाई फिर्ता ल्याएको टिप्पणी गरेका छन् ।