काठमाडौं । गत आर्थिक बर्ष २०८१–८२ समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप सात खर्ब ७६ अर्ब दुई करोड रुपियाँले बढ्दा एनआईसी एसिया बैंकको भने ३६ अर्ब पाँच करोड रुपियाँले घटेको छ ।
हाल नेपालमा २० वाणिज्य बैंक छन्, त्यसमा गत आवमा एनआईसी एसियाको मात्रै निक्षेप घटेको छ ।
२०८१ असारसम्म वाणिज्य बैंकहरुमा कुल ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपियाँ निक्षेप थियो । २०८२ असारसम्म आउँदा त्यो ६२ खर्ब ५८ अर्ब १६ करोड रुपियाँ पुगेको छ । बढ्दो रेमिट्यान्स र सरकारी खर्चले बैंकहरुको निक्षेप उच्च दरमा बढेको छ, त्यो अवस्थामा एनआईसी एसिया बैंकको निक्षेप भने घटेको हो ।
गत आवमा निक्षेप बढाउने मामिलामा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा देखिएको छ । उक्त बैंकले ७० अर्ब १६ करोड रुपियाँले निक्षेप बढाएको छ ।
यस्तै, दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । उक्त बैंकले समिक्षा बर्षमा ६९ अर्ब ४९ करोड रुपियाँले निक्षेप बढाएको छ । तेस्रो स्थानमा भने एभ्रेष्ट बैंक देखिएको छ, उक्त बैंकले समिक्षा बर्षमा ६७ अर्ब ८५ करोड रुपियाँले निक्षेप बढाएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६४ अर्ब ८४ करोड रुपियाँ, नविल बैंकले ६३ अर्ब ४८ करोड रुपियाँ, एनएमबी बैंकले ५६ अर्ब ५६ करोड रुपियाँ, प्राइम कर्मशियल बैंकले ५२ अर्ब ५२ करोड रुपियाँले निक्षेप बढाएका छन् ।
यस्तै, नेपाल बैंकले ५० अर्ब ७२ करोड रुपियाँ, कृषि विकास बैंकले ४९ अर्ब ९७ करोड रुपियाँ, सिद्धार्थ बैंकले ३८ अर्ब ५१ करोड रुपियाँ, लक्ष्मी सनराइज बैंकले ३८ अर्ब २२ करोड रुपियाँ र प्रभु बैंकले ३५ करोड ८६ लाख रुपियाँले निक्षेप बढाएको छ ।
यस्तै, कुमारी बैंकले २८ अर्ब ८६ करोड रुपियाँ, सानिमा बैंकले २६ करोड १० लाख रुपियाँ, माछापुच्छ्रे बैंकले २४ अर्ब ५१ करोड रुपियाँ, नेपाल एसबीआई बैंकले २४ अर्ब नौ करोड रुपियाँ, सिटीजन बैंकले २२ अर्ब ४१ करोड रुपियाँ, हिमालयन बैंकले १५ अर्ब ३४ करोड रुपियाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १२ अर्ब ५८ करोड रुपियाँले निक्षेप बढाएको छ ।