काठमाडौं– पाकिस्तान र बंगलादेशबीचको तीन खेलको टी–२० आई सिरिजमा एक खेल अगावै बंगलादेशले सिरिज जितेको छ ।
बंगलादेशमा जारी प्रतियोगितामा बंगलादेशले लगातार दुई खेल जित्दै सिरिज आफ्नो हातमा पारेको हो ।
पहिलो खेल एकतर्फी जितेको बंगलादेशले दोस्रो खेल ८ रनले जित्यो । बंगलादेशले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा १९ दशमलव २ ओभरमा अलआउट हुँदै पाकिस्तानले १२५ रन बनायो ।
पहिलो पावर प्ले मै पाँच विकेट गुमाएको पाकिस्तान लगातार दबाबमा परेको थियो । मध्यक्रम सम्हालिन नसक्दा सिरिज नै गुमाउन पुग्यो ।