विश्व बजारमा नेपाली चाउचाउको माग १५ प्रतिशतले बढ्यो

काठमाडौं । विश्व बजारमा नेपाली चाउचाउको माग बढ्दो क्रममा रहेको छ । पछिल्लो वर्ष मात्र नेपालमा उत्पादिन चाउचाउको निर्यात १५.९ प्रतिशतले बढ्दै २ अर्ब ११ करोड ४० लाख रुपियाँ बराबरको भएको छ ।

पछिल्लो पटक नेपालमा उत्पादित चाउचाउ तथा चाउचाउ जन्य वस्तु (नुडल्स)को मागमा तिब्रतर वृद्धि आइरहेको भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्ष २०८०/८१ को जेठ मसान्तसम्म एक अर्ब ८२ करोड ४० लाख रुपियाँ बराबरको नेपाली चाउचाउ विदेश निर्यात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा कूल एक खर्ब ९६ अर्ब ६० करोड रुपियाँ बराबरको नेपाली चाउचाउ निर्यात भएकोमा यो वर्ष थप वृद्धि भएको हो ।

तथ्यांक अनुसार यो वर्ष भारतीय बजारमा मात्र एक अर्ब २७ करोड ९० लाख रुपियाँ बराबरको नेपाली चाउचाउ निर्यात भएको छ । यो कूल निर्यातको ३९.५० प्रतिशतको हिस्सा हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार