साफ यू-२० महिलाच्याम्पियनसिपमा बंगलादेशको लगातार तेस्रो जित

काठमाडौँ । बंगलादेशले जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ ।

बंगलादेशले मंगलबार सम्पन्न खेलमा भुटानलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

यो बंगलादेशको लगातार तेस्रो जित हो । यस अघि बंगलादेशले श्रीलंकालाई ९-१ गोल अन्तरले पराजित गरेको थियो भने नेपालमाथि ३-२ गोलको जित हासिल गरेको थियो ।

त्यस्तै भुटानको भने यो दोस्रो हार हो । भुटानले पहिलो खेलमा नेपालसँग ६-१ ले हार बेहोरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । अब बंगलादेश र भुटान फेरी विहिबार एकाअर्काविरुद्ध खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार