काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टिमसँग पराजित भएको छ ।
आइतबार बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको हो । बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १–१ गोल गरे । नेपालका अनिशा राई र मीना देउवाले १–१ गोल गरे ।