आईएसएल स्थगित

काठमाडौं । भारतको शीर्ष डिभिजन लिग इन्डियन सुपर लिग (आईएसएल) स्थगित भएको छ । अखिल भारतीय फुटबल संघ (एआईएफएफ)ले लिगको व्यापारिक साझेदार रिलायन्स लिड–फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेडसँगको सम्झौता नवीकरण गर्न बाँकी रहेकाले लिग स्थगित गरिएको जनाएको छ ।

भारतको सर्वोच्च अदालतले यसअघि एआईएफएफलाई आफ्नो आदेशबिना रिलायन्ससँगको सम्झौता नवीकरण नगर्न भनेको थियो । यही कारण संघले सन् २०१० को सम्झौता नवीकरण हुन नसकेको जनाएको छ ।

“एआईएफएफलाई संघको कानुनी सल्लाहकारहरूको टोलीले सन् २०२५ को अप्रिल २६ मा टोलीले भारतको सर्वोच्च अदालतमा सुनुवाइका क्रममा अदालतको आदेश नआएसम्म सम्झौता नवीकरण गर्न नहुने सुझाव दिएको थियो । यही कारण नवीकरणको विषय स्थगित भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “एआईएफएफ र संघका पदाधिकारीहरूले आईएसएलको निरन्तरताका लागि सक्दो प्रयास गर्नेछन् ।” भारतीय सञ्चारमाध्यमका अनुसार, एआईएफएफ र रियालन्सबीचको सम्झौता आगामी डिसेम्बरमा समाप्त हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार