२८ दिनदेखि बन्द सुनचाँदी पसल आजदेखि खुला, प्रतितोला १ लाख ९१ हजार ८ सयमा कारोबार

काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला २४ सय रुपियाँ बढेको छ ।

आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच हिजो राति ६ बुँदे सहमति भएपछि २८ दिनदेखि बन्द रहेका सुनचाँदी पसल आजदेखि खुलेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला २ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार