राष्ट्र बैंकले ६० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६० करोड रुपियाँ मुद्दती निक्षेपको रुपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले आज सूचना प्रकाशित गरी वाणिज्य बैंकहरुमा ४८ करोड, विकास बैंकमा ९ करोड र राष्ट्रिय स्तरका फाइनान्समा ३ करोड रुपियाँ लगानी गर्ने उल्लेख गरेको छ ।

उक्त निक्षेत्रप २०८२ साउन ४ गतेदेखि २०८३ साउन ४ गते सम्म अर्थात ३६६ दिनको लागि मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर उल्लेख गरी यही असार ३० गते भित्र आवेदन पेश गर्न भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार