जावलाखेल ग्रुपले मादिराबाट कमायो ११ अर्ब ७१ करोड बढी

काठमाडौं । व्यावसायिक घरना जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको मदिरा व्यापार ओरालो लागेको छ । ग्रुपको जेजिआई डिस्ट्रिब्युसन प्रालिको गतवर्ष सन् २०२४ मा १४ प्रतिशत घटेको छ । गत वर्ष ११ अर्ब ७१ करोड ९० लाख रुपैयाँको मदिरा व्यापार गरेको ग्रुपले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

चालू आर्थिक वर्षको नौ महिनामा आठ अर्ब ८१ करोड ४० लाख रुपैयाँको मदिरा व्यापार गरेको ग्रुपले जानकारी दिएको छ । अघिल्लो वर्ष सन् २०२३ मा ग्रुपले १३ अर्ब ६२ करोड ५० लाख रुपैयाँको मदिरा व्यापार गरेको थियो ।

यस्तै २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको मदिरा व्यापार गरेको थियो । २०२२ को तुलनामा २०२३ मा कम्पनीको मदिरा व्यापार घटेको छ । २०२१ मा कम्पनीले १४ अर्ब ५० करोड ३० लाख, २०२० मा ११ अर्ब ३६ करोड ६० लाख र २०१९ मा १३ अर्ब ३१ करोड २० लाखको मदिरा व्यापार गरेको थियो ।

आर्थिक मन्दीको असर उद्योगको मदिरा उत्पादनमा परेको ग्रुपले जनाएको छ । यस्तै सरकारले वर्षेनी बढाउँदै आएको अन्तःशुल्कले पनि लागत बढ्न गएको छ । २०२३ को नाफाको १५२ प्रतिशत लाभांशको रूपमा वितरित गरिएको थियो ।

जबकि आर्थिक वर्ष २०२३ मा वितरण गरिएको नाफाको ६९ प्रतिशत थियो । यसबीचमा जेजिआईले तीन अर्ब चार करोड रुपैयाँ ऋण रेटिङ गराएको छ । जेजिआई जावलाखेल ग्रुपको मदिरा तथा पेयपदार्थ वितरक कम्पनी हो ।

गतवर्ष कूल आम्दानीमा गोल्डेन ओक र ब्ल्याक ओकलगायत अन्य ब्राउन स्प्रिटको हिस्सा ६२ प्रतिशत रहेको छ । यस्तै भोड्का जिन र आइलालगायत ह्वाइट स्प्रिटको हिस्सा २८ प्रतिशत र बाँकी १० प्रतिशत हिस्सा बियरको रहेको ग्रुपले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार