काठमाडौं । बैंकिङ प्रणालीमा निरन्तर लगानीयोग्य पूँजी (तरलता) थुप्रिरहेका बेला राष्ट्र बैंकले आज पनि ६३ दिन लामो अवधिका लागि ४० अर्ब रुपियाँ तरलता उठाउने भएको छ । निक्षेप संकलन बोलकबोलको औजारमार्फत केन्द्रीय बैंकले ४० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको हो ।
यसअघि गत २२ गते केन्द्रीय बैंकले ४२ दिनका लागि ४५ अर्ब रुपियाँ तरलता प्रशोचन गरेको थियो ।
बैंकिङ क्षेत्रमा लगातार तरलता बढीरहेको छ, तर बैंकहरुले लगानी बढाउन सकेका छैनन् । ७१ खर्ब ५२ अर्बमाथि निक्षेप संकलन हुँदैगर्दा बैंकहरुले मुस्किलले ५५ खर्ब ८२ अर्ब रुपियाँ मात्र कर्जा लगानी गर्न सकेका छन् ।
समीक्षा अवधिमा ७६.९९ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग १० खर्बमाथि लगानीयोग्य तरलता रहेको छ । तर बजारमा लगानीको मागनै नहुँदा सो हुन सकिरहेको छैन ।