काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विदेशी मुद्राको सञ्चित झण्डै सार्वजनिक ऋण बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २०८२ जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड रुपियाँ बराबर पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२।२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई रु.२२७४ अर्ब ४७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु. १९२ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वद्धि भई रु.२९४ अर्ब ९२ करोड कायम भएको छ । २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।