एसीसी पुरुष यू–१६ : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल 

काठमाडौं । एसियाली क्रिकेट परिषद् (एसीसी) पुरुष यू–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ ।

मलेसियाको सेलेंगर ट्रफ क्लबमा भएको टसमा नेपाली टोलीका कप्तान विपीनप्रसाद शर्माले टस जितेर पहिला बलिङ रोजेका छन् ।

नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

समूह चरणमा नेपालले सिंगापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको छ । मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ । माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसियाले हङकङसँग पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार