पिपुल्स पावरले असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजी ६३ करोड २६ लाख रुपियाँको ५० प्रतिशत अर्थात् १ः ०.५० (१० कित्ताबराबर नयाँ ५ कित्ता) को अनुपातमा प्रतिकित्ता १०० रूपियाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन पाइनेछ ।

हकप्रद प्रयोजनार्थ कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । त्यसको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद निष्कासक तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार