सरकारी खर्च एकै दिन नौ अर्बबढी, बजेट घाटा दुई खर्ब ६६ अर्बमाथि

काठमाडौं । आर्थिक बर्षान्त नजिकै गर्दा सरकारले गर्ने दैनिक खर्च पनि उच्च हुने गरेको छ । बुधबार मात्रै संघीय सरकारले नौ अर्ब नौ करोड २२ लाख रुपियाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बुधबारसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

त्यसमा चालु खर्च ६ अर्ब २७ करोड ५५ लाख रुपियाँ र पुँजीगत खर्च दुई अर्ब ८१ करोड रुपियाँ भएको छ । सरकारले यसअघि सोमबार पनि १६ अर्ब ४२ करोड ३६ लाख रुपियाँ खर्च गरेको थियो । त्यो दिन १२ अर्ब ४३ करोड ३८ लाख रुपियाँ वित्तिय खर्च भएको थियो । त्यसले गर्दा त्यो दिन सरकारी खर्च धेरै देखिएको थियो ।

यही असार मसान्तसम्ममा सरकारले चालु आवको बिनियोजित बजेट खर्च गर्नुपर्छ । बिगतमा आवश्यकता अनुसार खर्च गर्न नसकेको सरकारले आर्थिक बर्षान्त नजिदै गर्दा उच्च मात्रामा खर्च गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार