आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला ५ सय रुपियाँले बढेको छ ।

आज सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ । शुक्रबार भने प्रतितोला १ लाख ९४ हजार ७०० रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी भने प्रतितोला १० रुपियाँले बढेर २ हजार १६० रुपियाँ कायम भएको छ । अघिल्लो दिन भने २ हजार १५० रुपियाँ रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार