काठमाडौँ – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत बीमालेख नवीकरण गर्दा अधिकतम ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीले व्यतीत बीमालेख असार ४ देखि १५ गतेसम्म नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने जनाएको छ । यस्तो छुट समुन्नति जीवन बीमा योजना तथा डबल धमाका बीमा योजनामा भने पाइनेछैन ।