आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।

अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार