काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । यसैको प्रभाव नेपाली बजारमा समेत सुनको मूल्यले उकालो यात्रा तय गरिरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपियाँले बढ्दै एक लाख ९७ हजार ५ सय रुपियाँ कायम भएको हो ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ९७ हजार एकसय रुपियाँमा कारोबार भएको थियो । तर चाँदीको मूल्य आज पनि दुई हजार १६५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत जेठ २७ गते सुनको मूल्य एक लाख ९० हजार रुपियाँ र चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो । पाँच दिनको अन्तरालमा सुनको मूल्य तोलमा सात हजार ५ सय रुपियाँले बढेको छ ।