वाणिज्य बैंकहरुको खुद नाफा १.६७ प्रतिशतले घट्यो

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको खुद नाफा १.६७ प्रतिशतले घटेको छ ।

चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८१ करोडढ २० लाख रुपैयाँ कम हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सो अवधिसम्म आइपुग्दा आधा वाणिज्य बैंकको नाफामा सुधार देखिएको छ भने आधाको नाफामा संकुचन देखिएको छ । १० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको छ ।

बैंकको यो नाफा गत आवको तुलनामा २.५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार